sherpa sewa kendra

हाम्रा सेर्पा सेवा केन्द्र

विगत केही दशक देखि शेर्पाहरु नेपालको पूर्वी हिमाली भागवाट व्यपार व्यवासय, ट्रेकिङ्ग, पर्वतारोहण, उच्च शिक्षा हासिल गर्न र अन्य धार्मिक उद्धेश्यका साथ देशको केन्द्रीय राजधानी शहर काठमाण्डौं आई अस्थायी वा स्थायी रुपमा वसोवास गर्दै आईरहेका छन । अस्थायी वा स्थायी जुन रुपमा वसोवास गरेपनि शेर्पाहरुको जनसङ्ख्या काठमाण्डौंमा दिन प्रतिदिन बढदै गइरहेको छ । यसरी एउटा नौलो ठाऊँ र परिवेसमा आएर वसेपनि शेर्पाहरुले आफ्नो धर्म, रितिरिवाज र संस्कृतिलाई निरन्तर रुपमा आगाल्दै आइरहेका छन । तथापि जसो तसो गरी काठमाण्डौंमा कठिन जिवन यापन गर्दै आएका शेर्पाहरुलाई भने आफ्नो परिवारको कोही सदस्य र आफन्ताहरु वित्दा ठुलो समास्याको सामना गर्नु पर्दछ तैपनि उनीहरु आफ्नो धर्म र परम्परा विपरित जान चहादैनन् । यही विषयलाई मध्यनजर गरी सामाजिक सेवाको भावले ओतप्रेरिरत शेर्पाहरुको सक्रियतामा शेर्पा सेवा केन्द्रको स्थापना  १९७८ मा काठमाण्डौंमा भयो ।
शेर्पा सेवा केन्द्र तत्कालिन अवस्थामा सगर माथा सेवा केन्द्रको नामले परिचित थियो । यस केन्द्रको निर्म ाण संगसगै हामीले आफ्नो बाल्यकाल यहि गुम्बाको आँगनमा खेली बिताएको हिजो मात्र हो जस्तो लाग्छ । हाम्रो मानसपटलको स्मृतिमा ताजैरहेको त्यस बखतको दृश्य मापन गर्दा, बौद्ध क्षेत्रको खुल्ला चौर र हराभरा धानको खेत, सिमित र पुराना घरहरू, थोरैगाडिहरू सडकमा कुदेको देखिने यस स्थान आज समयको गतिसंगै धेरै परिवर्तनहरू आईसकेका छन् । त्यहि मेलो–मे सोमा शेर्पा सेवा केन्द्र पनि विकासको गतिमा एक कदम अघिरहेको आभाष हामी पाउदछौ । केन्द्रको विकास र विस्तार प्रत्यक्ष देख्ने र सँगै हुर्कने र बढ्ने अवसर पाएका हामी जस्ता युवकहरूको लागि आज यस संस्था धेरै कुरा सिक्ने , प्रेरणा लिने , समाजप्रतिको उत्तर दायित्व बहन गर्ने र अघि बढने एक मञ्चको रुपमा रहेको हामी पाउदछौ ।

img

भावपूर्ण-श्रद्धाञ्जली

                                                      ...

img

ल्हप्सो पूजा २०७२ सुभकामना

शेर्पाहरुको महान चाड लोसार नव बर्ष २१४३ मे फो टे लो ९बादर बर्ष० को...