sherpa sewa kendra
हाम्रो गतिविधिहरु
जस्तै ः– सर्वप्रथम बृद्ध मिलन केन्द्रलाई अगाडी बढायौं । यसको लागि हाम्रो कार्यसमितिवाट पचास हजारका दरले पैसा उठायौं, लहप्सोको लावा बाटा बजेट प्राप्त भयो र ढुक्पा छेजीको बजेट समेतले निमार्ण सम्पन्न भयो ।
१) बृद्ध मिलन केन्द्रमा धार्मिक प्रवचन सुरु भयो र ङयुङ्गने ब्रत बस्नेहरुलाई पनि   सुत्ने सुविधा भएको छ ।
२) एउटा शवगृह कोठा (भवन) थपियो र सबै शवगृहहरुमा लोडसेडिङको ठूलो समस्या परेको हुनाले वाँयो ग्याँस जेनेरेटर रखियो र सोलारले गर्दा समस्या समाधान भएको छ ।
३) ढल निकासको समस्यालाई नयाँ पक्की ढल लगाएर सधैको लागि समाधान ग¥यौ । साथै ढुंगा विछयाउने कामले गर्दा मुल गुम्वा र शवगृह अगाडीको मैदान वरिपरि सफा मात्र नभएर बगैचामा परिर्वतन गर्न खोजेका छौं । 
४) अण्डर ग्राउण्डको लागी आधुनिक किचेन  तयार भएर संचालन भैरहेको छ । अण्डर ग्राउण्ड भित्र टायल ओछयाउने काम सम्पन्न भइसक्यो र कुर्सी र टेवलको पनि व्यवस्था भयो । यो कुरा तपाईहरुलाई भनी रहनु पर्दैन जुन तपाईहरुले देखीराख्नु भएको छ र प्रयोग पनि गरिराख्नु भएको छ । 
    मुल गोन्पाको वारेमा गोन्पा आफै बोल्छ । तै पनि
५) भित्र गोम्पामा प्रमुख लामाको लागी विश्राम कक्षको निमार्ण र भुईमा नेमोपार्केटिङ ओछयाउने काम, चिप्सुल विभिन्न देवी देउताका पेन्टीङ कु (देउता) राख्ने कार्य ९५ प्रतिशत  सकिएको जानकारी  दिन चहान्छु । वाहिरी भाग मर्मत गर्न पर्ने सबै काम सम्पन्न गरी लिपिष्टिक लगाउने काम गरेर चिटिक्क पार्ने कोसिस गरेको छु ।
          २ वर्ष भित्रमा हामी नयाँ कार्य समितीले यि कामहरु गरी अगाडी बढयौं । यी कार्यहरुको वारेमा आर्थिक जिज्ञसा भएमा लगवग(मोटामोटी) रु३,०८,८८,८३९।– लगानी भएको छ । यसको लेखा जोखा तपाईहरुले नै गर्नु हुनेछ । यदी केही कमी कम्जोरी भएमा यहाँहरुको सहयोग, सल्लाह र सुझावको ठूलो अपेक्षा राख्दछु । यसका लागी कार्यसमिति, सल्लाहकार, सदस्यहरु, यस संस्थाका कर्माचारीहरु लगायत  विभिन्न उपसमिति छोक्पाका संयोजक र वहाँहरुको सम्पूर्ण टिमलाई धन्यवाद दिन चहान्छु । त्यस्तै आर्थिक सहयोग विस्तारमा अतुलनीय योगदान पु¥याउनु हुने सम्पूर्ण शेर्पा दाजुभाई दिदी वहिनीहरु, यस सस्थाको कार्यसमितीमा बसेर सकृय योगदान पु¥याउनु हुने अग्रजहरुसवै प्रति हृदय देखि सम्मान्न व्यत्त गर्दछु । तसर्थ यहाँहरुको निरन्तर सहयोगको हामी हृदय देखि आभार प्रकट गर्दछौ । मेरो कार्यसमितिको सफलता नै महत्वपूर्ण योगदान दिनुहुने सदस्यहरु, जसलाई भरखरै मात्र प्रशंस पत्रद्धारा सम्मानीत गरियो वहाँहरुलाई एकपटक भव्य तालीका साथ धन्यवाद दिन हुन अनुरोध गर्दछु ।
    अन्तमा आफनो अमुल्य समय दिई यो सभाको गरिमामय उपस्थितीको लागी पाल्नु भएको अथिति लगाएत सबै सदस्यहरु र नयाँ सदस्यज्यूहरुलाई मेरो व्यतिगत तथा सस्थाको तर्फवाट हर्दिक धन्यवाद ज्ञपन गर्न चाहन्छु । साथै चन्दा प्रदान गर्नहुने सम्पूर्ण चन्दा दाताहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउन  हुने सबैैलाई हर्दिक धन्यवाद दिन चहान्छु ।