sherpa sewa kendra
स्व. आङ दोर्जे लामा
दोलखा जिल्लाको विकट गाउँ श्यामामा वि.सं. १९९७ सालमा जन्मनु हुने स्व. आङ दोर्जे लामा एक बहुआयमिक, बहुप्रतिभाशाली व्यक्ति
 
त्वको धनी हुनुहुन्थ्यो । आफ्नो विद्यार्थी जीवनकालमा छदैँ जन्म गाउँ श्यामाको शिक्षाको ज्योति फैलाउन २०१७ सालमा गर्जाङढङ्गा प्रा वि को स्थापना 
गरी सामाजिक कार्यको शुरुवात गनुहुने लामाले दोलखा जिल्लाकै  प्रथम गौरीशंकर क्याम्पसको स्थापनामा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
२००७ सालको राजनितिक परिवर्तकनको अमीठ छाप वहाँमा पनि पर्नगएको रहेछ जसको फलस्वरुप  २०१७ सालमा प्रजातन्त्र विरुद्धको  राजनितिक कदमको विरोध गर्दै आफूलाई राजनितिमा समर्पित गर्नुहुने स्व. लामा जननायक विशेश्वरप्रसाद कोइरालाबाट प्रभावित हुनुहुन्थ्यो र नेपाली काग्रेश पार्टी भित्र वि.पि कै समीप रहेर राजनितिको सुरुवात गर्नुभएको थियो ।
वहाँ एक निर्भिक र कर्मठ पत्रकार हुनुहुन्थ्यो । प्रजातन्त्र पर्नस्थापनाको निमित्त जनतामा जनजागरण पैदा गर्न २०३९ सालमा राजधानी साप्ताहिक पत्रिकाको प्रकाशन आरम्भ गर्नुहुने स्व. लामा उक्त पत्रिकाको प्रकाशक एवम् सम्पादक हुनुहुन्थ्यो । पछि पत्रिका माथि प्रतिवन्ध लगाई लामाजीलाई राजकाजको मुद्दाअन्र्तगत १ वर्षको लागि जेल चलान गरिएको थियो । मानव अधिकार, प्रजातन्त्र र पत्रकारितको संघर्षमा वहाँले धेरै पटक जेल नेल भोग्नुभयो र धेरै यातनाहरु पनि खेप्नु हुने स्व. लामा, पेशाले निर्माण व्यवसायी  हुनुहुन्थ्यो । थुप्रै शेर्पाहरुलाई निर्माण पेशामा  लाग्न प्रेरण प्रदान गर्नुहुने वहाँ, शेर्पा निर्माण व्यवसायीहरुको पनि अगुवा हुनुहुन्थ्यो ।
२०२६ सालतिर, भर्खरै काठमाडौंतिर बसाई सर्दै गरेका शेर्पा समुदायहरुको आफ्नो घर नहुदाँ अर्काको घरमा डेरा सरी वस्ने चलन थियो । जसको कारण शेर्पाहरुलाई मराउ पराउमा ठूलो समस्या आईलाग्दो रहेछ । चुनौति र सम्भावना साथै आउँछ भने जस्तै स्व. लामाले आफू जस्तै अन्य सक्रिय र सहायोगी साथीहरुको साथ लिएर सम्पूर्ण  शेर्पा समुदायलाई समेटदै, शेर्पा सेवा केन्द्रको स्थापना गर्नुभयो । आज यही शेर्पा सेवा केन्द्रको माध्यमबाट हामी आफ्नो भाषा, धर्म, संस्कृतीको जगेर्ना गर्न र विभिन्न क्षेत्रवाट आउनुहुने शेर्पा समुदायबीच एकता बनाई राख्न एक सशक्त माध्यम बन्न पुगेको छ ।
२०४९ सालको थाई विमान दुर्घटनामा परी वहाँ र वहाकी धर्मपत्नी पासाङ फुटी शेर्पाको एकैसाथ निधन हुनुभएको थियो । थोरै मानिसले मात्र मृत्यपछि अमरत्व प्राप्त गर्दछ । आङ दोर्जे लामा तपाई हामी माझ हुनुहन्न तर वहाँको विविध समाजिक सेवाप्रतिको सम्मानस्वरुप काठमाडौंमा शेर्पा सेवा केन्द्र र दोलखा श्यामा गा. वि .स.मा शालिक स्थापना गरिएको छ । ५३ बर्षको छोटो जीवन अवधिमा मुलुक, जनता समाज र समुदायको निमित्त महत्वपूर्ण योगदान पु¥याउनु हुने स्व. लामा दम्पती हामी सवैको प्रेरणको श्रोत हुनुहुन्छ । एक युगमा एकपटक जन्म लिनुहुने यस्ता महान व्यक्तित्व विरलै पाईन्छ ।