sherpa sewa kendra
२०७० साल स्व. पासाङ ल्हमु विद्या पुरस्कार र डोल्कर छिरिङ आमा स्मृती स्टाफ नर्सको नतिजा
 शेर्पा सेवा केन्द्रद्धारा प्रत्येक वर्ष एस. एल. सी मा उत्कृष्ट नतिजा ल्याउन सफल ३ जना शेर्पा विद्यार्थीहरुलाई स्व. पासाङ ल्हमु विद्या पुरस्कार द्धारा सम्मानित गरिन्छ । जस अन्र्तगत २०७० सालमा प्रथम, दृतीय र तृतीय स्थान हासिल गर्न सफल ३ जना शेर्पा विद्याथीहरु निम्नप्रकार छन । उनीहरुलाई २०७० सालको ल्हप्सो पूजा(फाल्गुण २०)को शुभ अवसरमा पुरस्कृत गरिनेछ ।
क्र.सं स्थान नाम थर विद्यालयको नाम प्राप्त %
१) प्रथम उर्गेन डोमा शेर्पा इष्ट पोल उ.मा.वि ९०.७३%
२) दृतीय ल्हक्पा छम्जी शेर्पा गुहेश्वरी वो उ.मा.र्डिङवि ८८.५०%
३) तृतीय मिना शेर्पा कान्तिपूर इङलिस् मा.वि ८४.७५%
 
त्यस्तै प्रतेक वर्ष १ जाना छात्रालाई स्टाफ नर्स अध्ययन गर्न डोल्कर छिरिङ आमा स्मृती छात्रावृत्ति प्रदान गर्दछ ।२०७० सालको लागि फूर्वा डोमा लामाले स्टाफ नर्स छात्रावृत्ति प्राप्त गर्न सफल हुनु भएको छ । उहाँले एस. एल. सी मा ७१.२५% अंक प्राप्त गर्नु भएको थियो ।
 सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक वदाई र उज्जवल भविश्यको कामण गर्दै विजेता विद्यार्थीहरुलाई शेर्पा सेवा केन्द्रको कार्यलयमा सम्र्पक राख्न अनुरोध गर्दछौं ।