sherpa sewa kendra
शोक विज्ञप्ती
 
शेर्पा सेवा केन्द्रको नियमित कार्यसमितको बैठक २०७१ बैशाख ६ गते बसेको बैठकले हिउ पहिरोमा परि दिवांगत हुनुहुने शेर्पा दाजुभाई तथा अन्य नेपालीमा शोक विज्ञप्ती जारी गर्दछ ।

शोक विज्ञप्ती
 
मिति २०७१ साल बैसाख ५ गतेका दिन विहान सगरमाथा हिमाल आरोहण गर्ने क्रममा आधार शिविर पटि ठुलो हिउँ पहिरो (Avalanche) जादाँ दुर्घटनामा परि हामीले धेरै सङख्यामा आरोही शेर्पा दाजुभाई तथा अन्य नेपालीहरुलाई गुमाउन पुगेका छौं । यस एतिहासिक दुखत क्षणमा दुर्घटनामा परि दिवंगत हुनुहुने मृतक आत्माको चिर शान्तिको लागि भगुवान बुद्ध प्रति हार्दिक प्रार्थना गर्दछौं तथा यस दुखत घडीमा शोक सन्तप्त परिवार प्रति धैर्य धारण गर्न सक्ने शक्ति प्रदान गरुन भनी प्रार्थन गर्दछौं । हिमाली भेगकै यस एैतिहासिक दुर्घटनामा परि घाइते हुनुहुने सम्पूर्ण महानुभावहरु प्रति शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । 
 
       अध्यक्ष 
तथा शेर्पा सेवा केन्द्र परिवार 
    बौद्ध, काठमाडौ
    २०७१ बैशाख ६