sherpa sewa kendra
शेर्पा किदुक अमेरिकाद्धारा सगरमाथा हिमपहिरोका घाईते तथा मृतकको परिवार र अन्य पिडित परिवरलाई आर्थिक सहयोग

 शेर्पा किदुक अमेरिकाद्धारा सगरमाथा हिमपहिरोका घाईते तथा मृतकको परिवार र अन्य पिडित परिवरलाई आर्थिक सहयोग 

शेर्पा किदुक अमेरिकाद्धारा मिति २०७१ बैशाख ४ गते सगरमाथा हिमपहिरोमा परी दिवांगत हुनु हुने शेर्पा तथा अन्य नेपाली दाजुभाईहरुको बालबच्चाको शिक्षामा सहयोग गर्न र घाईते दाजुभाईहरुको सहायोगको लागी Everest disaster relief fund संकलन गर्नु भई, शेर्पा सेवा केन्द्र बौद्ध मार्फत वितरण गर्ने भएको हुदाँ सम्बन्धि सम्पूर्ण घाईते महानुभाव तथा मृतकको परिवारलाई शेर्पा सेवा केन्द्रमा सम्र्पक राख्न हुन हार्दिक अनुरोध गर्दछु । शेर्पा किदुक अमेरिकाको यस महान कार्यको लागि हार्दिक धन्यवाद ।
हिमपहिरोका मृतकले रु ९१०००।–
घाईतेले अवस्था अनुसारको सहयोग प्राप्त गर्ने छ ।
त्यस्तै शेर्पा किदुक अमेरिकाद्धारा चटानमा परी मृत्यु हुने टाक्सीन्धुका छेवाङ शेर्पाको परिवारलाई  रु २ लाख र मृगौला सम्बन्धी समस्याको कारण निधन हुनु भएका स्व.ङिमा शेर्पाको परिवारलाई रु २३०२१७।– आर्थिक सहयोग गर्ने भएको हुदाँ उहाँहरुको परिवारलाई पनि शेर्पा सेवा केन्द्रमा सम्र्पक राख्न हुन हार्दिक अनुरोध गर्दछौं ।
 
अध्यक्ष
शेर्पा सेवा केन्द्र 
बौद्ध टुसाल